Saturday, January 10, 2026

मातृका पोखरेलको कथासङ्ग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक



साहित्यकार मातृका पोखरेलको कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक भएको छ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पोखरेलको कथा संग्रह सार्वजनिक गरिएको हो।

कार्यक्रम वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा भएको थियो।

शर्मासँगै नेपाल स्रष्टा समाजका अध्यक्ष ओम श्रेष्ठ ‘रोदन’, डा.हरि सिलवाल र नेपाल साहित्यिक पत्रकार संघ अध्यक्ष मोहन दुवालले संयुक्तरूपमा पोखरेलको कथा संग्रह सार्वजनिक गरेका हुन् ।

त्यसक्रममा ‘अमर ज्योति साहित्यक पत्रकारिता विशेषाङ्क’ पनि सार्वजनिक गरिएको छ।

कार्यक्रममा कथाका पोखरेलले आफ्नो कृतिको बारेमा बोलेका थिए भने नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तुलाराम गिरीले अमरज्योति साहित्यिक त्रैमासिकको बारेमा मन्तव्य राखेका थिए।

000

पुस २६, २०८२ शनिबार  बाट साभार 








































Saturday, November 22, 2025

Kavita & the Cup कार्यक्रम आरम्भ

Yatra Sambad र www. poems Nepal .com को संयुक्त आयोजनामा Kavita & the Cup कार्यक्रमको शुभारम्भ भएको छ । वि.सं . २०८२ साल कात्तिक २८ गते वागवजारमा सम्पन्न भएको उक्त कार्यक्रमको औचित्यमाथि मुक्तान थेवा र केशव सिलवालले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा १५ कविका कविता वाचन गरिएको थियो । कविता वाचन गर्ने कविहरूमा विमल निभा, मातृका पोखरेल, केशव सिलवाल, अगिव बनेपाली, चन्द्रवीर तुम्बापो, मुक्तान थेवा, लक्ष्मी रुम्बा, सुधा मैनाली, प्रकाश गुरागाईं, कुशल बोगटी, प्रज्वल अधिकारी, मिथोच, रिमा के.सी. लगायत हुनुहुन्थ्यो । आयोजकहरूले कार्यक्रमलाई नियमित गर्ने विचार रहेको जानकारी गराउनु भएको थियो ।