Sunday, June 30, 2024

प्रिय मातृका पाेखरेल - साेनाम सज्जन किराती

साेनाम सज्जन किराती


कविता

अग्ला नाक भएको
छात्तीमा राै फूलेकाे सेतै
शिरकाे कपाल
जजमानकर्ताकाे निख्खर पुत्र भएर पनि
त्यस बिरुद्ध आगाेमा घ्यू थप्ने बिद्रोही
जहाँ रुपाटार र दनदनी बलेको सामन्ती राप त्यागेर
हामी जस्ता राई माईलाहरुकाे पाखुरा समात्दै
पहिचान र स्वायत्तताको
राप बिहिन अङगारबिरुद्ध
अझ किन उभिरहेछाै
ए मातृका पाखरेल प्रश्न छ प्रश्न ।

तिमिले सुनेकाे हरेक दन्त्य कथा
पुराण दिव्य उपदेश
याे सब काम छैन
भन्दै जनै धर्म पालेर
कदापि सेवा हुदैन
किन भनिरहन्छाै मातृका पाेखरेल
प्रश्न छ प्रश्न ।
पस्किरहन्छाै पारिजात
बिश्वभक्त दुलाल
कृष्ण सेन ईच्छुक
जहाँ आदिवासी किरात पुष्पलाल खुशी छ
त्याे टुप्पी फाँडेर
बाँधेको उन्मुक्तिकाे कफन देखेर
तिमीलाई फत्तुरे बाहुनले डुबायाे भन्छन
तिनै समकक्षी पण्डित
अपराधीहरु किन यसाे भन्छन् प्रश्न छ प्रश्न
मातृका पाेखरेल ।

जीवन भए पछि मृत्यु छ
उत्पति र अन्त्य निश्चित छ
यही विज्ञान सित कतिपय डराईरहन्छ
र कायरहरु लतारिएर
सत्य बिरुद्ध बकवास गरिरहेछन
जस्तो लाग्छ मातृका पाेखरेल ।

उत्पिडितहरु माझ एउटा उत्साह आकै हाे
बाेल्ने जागिरे हुने चेत
यही गणतन्त्रले दे कै हाे
तर अझै स्वायत्तता भित्र स्वायत्तता
र तलतल सम्म स्वशासन छैन
याे माथिको च्याखे दाउ ढालेर
समानताको अर्को नयाँ जग बसाल्न
कुनै कन्दरा चाहार्न
अझै कन्जुस्याइँ नगर मातृका पाेखरेल
याे युगमा आदिम ईन्द्रेणी
आवाजहरुकाे संयुक्त आब्हान छ ।


000

www.facebook.com बाट 


www.youtube.com  (बाचित:-साेनाम सज्जन किराती/भिडियो:-दिनेश किराती)

No comments:

Post a Comment