Sunday, July 14, 2024

भानु प्रतिष्ठानद्वारा कवि गोष्ठीको आयोजना

 भानु प्रतिष्ठानले एल आर आइ स्कुलको सहयोगमा यही २०८१ असार ३० गते एक कवि गोष्ठीको आयोजना सम्पन्न गरेको छ । आदिकवि भानुभक्तको २११ औं जन्म जयन्तीका अवसरमा उक्त कार्यक्रम भएको थियो । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईज्युको प्रमुख आतिथ्य एवम् भानु प्रतिष्ठानका अध्यक्ष डा. नवराज लम्सालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एल.आर.आइ. स्कुल, कलन्की का Founder /Trustee तथा शिक्षाविद शिबराज पन्त र संस्थाका निवर्तमान अध्यक्ष डा व्रतराज आचार्य विशिष्ट आतिथि हुनुहुन्थ्यो । गोष्ठीमा कविहरु डा. अमर गिरी, मातृका पोखरेल, उषा शेरचन, नरनाथ लुइँटेल, प्रह्लाद पोखरेल, धिरेन्द्र प्रेमर्षी,महेश पौडेल, महेश क्षितिजलगायत स्रष्टाहरुले कविता वाचन गरेका थिए । कार्यकमको सञ्चालन डा . रमेश शुभेच्छुकले गर्नुभएको थियो ।

000























No comments:

Post a Comment