Saturday, July 12, 2025

कवि रक्तिम लामाको 'कमाण्डर कमरेड बोल्दैन' कविता सङ्ग्रह सार्वजनिक

प्रगतिशील लेखक सङ्घ, काभ्रेपलाञ्चोकको आयोजनामा कवि रक्तिम लामाको  'कमाण्डर कमरेड बोल्दैन' शिर्षकको नयाँ कवितासङ्ग्रह लोकार्पण गरिएको छ । वि.सं . २०८२ साल असार २८ गते  कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील लेखक सङ्घ, नेपालका पूर्व अध्यक्ष  प्राज्ञ मातृका पोखरेललगायत अतिथिहरुले बनेपा नगरपालिकाको सभाकक्षमा लामाको  'कमाण्डर कमरेड बोल्दैन' कवितासङ्ग्रह लोकार्पण गर्नुभएको थियो । मुरारी रायमाझीले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो ।

नेकपा ( माओवादी केन्द्र ) का वैकल्पिक केन्द्रीय सदस्य शिशिर भण्डारी र भूमि अधिकार श्रमिक संगठन, नेपालका अध्यक्ष इन्द्र बहादुर स्याङतानले शुभकामना मन्तव्य राख्नु भएको थियो ।  

प्राज्ञ नन्दु उप्रेतीले लोकर्पित कृति  'कमाण्डर कमरेड बोल्दैन' माथि समीक्षात्मक टिप्पणी राख्नु भएको कार्यक्रममा कविहरू केदारनाथ तिमल्सिना , भवानी पाण्डे ,केशव ज्ञवाली , दिल पौडेल ,केशव घिमिरे , गरिमा अधिकारी, विद्योदय घिमिरे , दिनेशराज खरेल हरिप्रसाद चौलागाईं , सुशिला विष्ट , अनामिका सजल , गोविन्द मैनाली , कालिका त्रिपाठी र बुद्धिमान तामाङ ले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा मछेश्वर सापकोटा र सरस्वती सापकोटा ( असारे गीत ) प्रस्तुत गर्नुभयो भने कवि रक्तिम लामाले लोकार्पित कृति भित्रबाट पाँचवटा कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरेलले वाचित कविताहरुले वर्तमान नेपाली समाजलाई  सुन्दर ढङ्गले अभिव्यक्त गर्न सक्षम रहेको धारणा राख्नुभयो । उहाँले वाचित रचनाहरु उत्कृष्ट , सान्दर्भिक भएको तर सरलताकाे नाममा कविताकाे चुराेलाई छाेड्न नहुने भन्दै कविहरुलाई सचेत गराउनु भयो । कार्यक्रम प्रगतिशील लेखक सङ्घ, काभ्रेपलाञ्चोकका अध्यक्ष रक्तिम लामाको सभापतित्वमा भएको थियो ।

ooo
























No comments:

Post a Comment